युनियन हाइड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको हो।
यस संगै अब कम्पनीको नाम परिवर्तन भइ युनियन हाइड्रो होल्डीङ कम्पनी लिमिटेड कायम भएको छ। विशेष साधारणसभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
अब कम्पनीले हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ। कम्पनीले आयु मोलुङ हाइड्रोपावर पब्लिक लि. द्वारा निर्माण गरिने आयु मोलुङ खोला हाइड्रोपावर आयोजनामा लगानी गर्नको लागि हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले हालको जारी पूँजी ७५ करोड रुपैयाँ बराबरको १ अनुपात १ का दरले शतप्रतिशत हकप्रद शेयर निश्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीको विशेष साधारणसभाले यी सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गरेको छ ।













