Sunday, April 19, 2026
spot_img
spot_img

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

spot_img
spot_img

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीयलाई ७ लाख कित्ता शेयर निष्काशन गरेकोमा आइतबार बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार १ हजार ७०९ जनाले यस कम्पनीको ६ लाख ९६ हजार ४२० कित्ता सेयर पाएका छन् । १० कित्तादेखि ७७० कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले मागेजति नै सेयर पाएका छन् ।

यस्तै, ८०० देखि ७ हजार कित्तासम्म सेयर माग गर्दै आवेदन दिएका आवेदकहरुले ७८० कित्ता सेयर पाएका छन् ।

७ लाखमध्ये बाँकी रहेको ३ हजार ५८० कित्ता सेयर ८०० देखि ७ हजार कित्तासम्म माग गरेर आवेदन दिएकामध्ये ३५८ जनालाई थप १०/१० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले २०८२ चैत्र ८ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि शेयर निष्काशन गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img