Friday, April 17, 2026
spot_img
spot_img

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

spot_img
spot_img

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६.०८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७ करोड ९ लाखबाट घटेर १४ करोड ७६ लाख पुगेको छ। कम्पनीको संचालन आम्दानी पनि घटेर १५ करोड २७ लाख पुगेको छ भने संचालन मुनाफा घटेर ९ करोड ४६ लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ५ करोड ६७ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ७.२३ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२४.०७ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ३.१३ प्रतिशतबाट बढेर ३.४६ प्रतिशत पुगेको छ।

१ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १९ करोड २१ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामा ३ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहीबार प्रतितोला...

नेप्सेको इन्फर्मेशन सिस्टमको अडिटको जिम्मा आर.एस.एम अल्फालाई

नेपाल स्टक एक्सचेन्ज नेप्सेको इन्फर्मेशन सिस्टमको अडिट कार्यको जिम्मा...

बैंकिंङ मै फर्किंदै तारा मानन्धर, मुक्तिनाथ विकास बैंकको सीइओ नियुक्त

मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त...

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...
spot_img