बागमती प्रदेशभित्र पनि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्रको सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो ।
जस अनुसार अब काठमाडौँ उपत्यकामा गाडी चढ्नासाथ २४ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि १९ रुपैयाँ तिर्नुपर्नेमा अब भने २४ रुपैयाँ तिर्नुपर्ने भएको हो । उपत्यकामा ५ किलोमिटरसम्म २४ रुपैयाँ, १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ, २० किलोमिटरसम्म ४४ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ५० रुपैयाँ तिर्नुपर्ने गरी नयाँ भाडादर तोकिएको छ ।
कुन रुटको कति ?




















