आयोजना प्रभावित स्थानीयले सानिगाड हाइड्रो लिमिटेडको आईपीओ भर्ने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले बझाङ जिल्लाका स्थानीयलाई २८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन्। सो नगरपालिकाको वडाहरु १ , २ र ४ अति प्रभावित स्थानीय रुपमा रहेका छन् । उनीहरुलाई कुल १८ लाख ५२ हजार कित्ता छुट्याईएको छ। सो नगरपालिकाका बाँकि वडाका स्थानीय प्रभवित क्षेत्रको रुपमा रहेका छन्, उनीहरुलाई ९ लाख ९७ हजार ५ सय कित्ता शेयर छुट्याईएको छ ।
स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।













