Sunday, June 28, 2026
spot_img

सबै सरकारी सूचना छाप्न थालेपछि गोरखापत्र मालामाल, १६ पेजको पत्रिका बन्यो ३६ पेजको

spot_img
spot_img

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचनाहरु सरकारी संचारमाध्यममा मात्र छाप्नु पर्ने निर्णय गरेपछि सरकारी राष्ट्रिय दैनिकको रुपमा रहेको गोरखापत्रको पेज संख्या बढ्न थालेको छ । यस अघि १६ पेजको प्रकाशन हुने गोरखापत्र दैनिक आज ३६ पेजको प्रकाशन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत्र १८ गते निर्णय गर्दै  ‘सार्वजनिक निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरू सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सोअन्तर्गतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरूले आफ्ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारणको व्यवस्था गर्ने।’ निर्णय गरेको थियो ।

सरकारको सो निर्णयपछि गोरखापत्रले सरकारी निकाय र गोरखापत्र संस्थानबीच कुनै पनि मध्यस्तता वा तेस्रो पक्ष (एजेन्सी) नरहने गरि सूचनाहरु सिधै पठाउन आग्रह गरिरहेको छ । सरकारको निर्णय र गोरखापत्रको आग्रहपछि गोरखापत्रमा यस अघि भन्दा दोब्बर बढी सूचना प्रकाशन हुन थालेका छन् । सोहि कारण गोरखापत्रको पेज संख्या पनि दोब्बर भन्दा धेरैले बढेर १६ पेजबाट ३६ पेजको पुगेको छ। जुन आगामी दिनमा अझै बढ्न सक्ने देखिन्छ। यसले गोरखापत्र संस्थानको नाफा पनि बढ्ने देखिएको छ ।

गोरखापत्र संस्थानले प्रकाशन गर्ने गोरखापत्र दैनिक  नेपालको पहिलो र सबैभन्दा पुरानो सरकारी समाचारपत्र हो, जसले राणाकालदेखि गणतन्त्रसम्मको इतिहास बोकेको छ। यो नेपालको एक मात्र त्यस्तो पत्रिका हो, जसले सबैभन्दा धेरै भाषाहरूमा सामग्री प्रकाशन गर्दै आएको छ । यो पत्रिका १२५ वर्षदेखि प्रकाशन हुँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img