Tuesday, April 7, 2026
spot_img
spot_img

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत दोहोरिएका छन् । प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विराटनगरमा आइतबार राती सम्पन्न ८औँ प्रदेशसभा तथा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजालले ५८ मत पाए ।

राउतले वस्तुगत तर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए । जिल्ला–नगर तर्फबाट राउतले २४ मत पाउँदा रिजालले १३ मत मात्रै पाए भने एसोसिएटतर्फ राउतले १०७ मत ल्याउँदा रिजाल ३९ मतमा समेटिए ।

नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका । निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, अब ‘पीएम डेलिभरी युनिट’ ले ‘ट्र्याकिङ’ गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख...

अर्थमन्त्रीले घटाईदिए विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा, अब कति लिटर पाउँछन् ?

अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन...

बिहीबारभित्र अनुसन्धान पूरा नभए ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं...

शेयरबजारमा सम्पत्ति सुद्धीकरणको छानबिन हुँदैन, लगानीकर्ता आत्तिनु पर्दैन: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छानी छानी प्रतिशोध साध्ने नियतले...

सेबोनको संचालक समिति बैठक बस्दै: स्पष्टीकरण सोध्नेदेखि विनियमावली संशोधनको एजेण्डा

आज सोमबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

नयाँलाई २४ घण्टामा लाइसेन्स छापेर दिईने, पुरानालाई असारभित्रै

सरकारले नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी...
spot_img