Sunday, April 5, 2026
spot_img
spot_img

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

spot_img
spot_img

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदको लागि शुक्रबार मनोनयन दर्ताको लागि आह्वान गरिएकोमा निर्धारित समयमा उनको मात्र उम्मेदवारी परेको थियो।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचनको औपचारिक प्रक्रिया भएको हो। आजको बैठकमा रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई  स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्सालले समर्थन गरेका थिए ।

एक मात्र प्रस्ताव पेश भएकोले बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुख पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।  अब अर्को बैठकको अध्यक्षता सभामुखको हैसियतमा अर्यालले गर्ने छन् ।

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए। सभामुखमा निर्वाचित भएसंगै उनले पार्टीबाट भने राजीनामा दिनु पर्ने छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img