Sunday, April 5, 2026
spot_img
spot_img

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले एक हप्तामा के के गरे ?

spot_img
spot_img

२०८२ चैत्र १३ गते पदबहाली गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक साताको अवधिमा विभिन्न निर्णय र नयाँ सुरुवात गरेका छन् । यस अवधिमा मन्त्री वाग्लेले मेरिटका आधारमा पदस्थापन गर्ने, राजश्व चुहावट रोक्न निर्देशन गर्ने, निजी क्षेत्रलाई सरकारको प्राथमिकता र नीतिबारे जानकारी दिने, बजेट तयारी सुरु गर्ने, राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया सुरु गर्ने लगायतका कार्य गरेका छन् ।

मन्त्री वाग्लेले पद बहाली गर्दै विभिन्न ३ वटा निर्णय गरेका थिए । उनले त्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने, र निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका थिए ।

त्यस्तै उनले मन्त्रिस्तरीय निर्णय गरेर ३० जना उपसचिवको मेरिटमा आधारित पदस्थापन गरेका छन्। नियमित बढुवा भएका ३० जना राजश्व समूहका उपसचिवको योग्यतामा आधारित पदस्थापन गरिएको थियो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय अन्तर्गतका महत्वपूर्ण महाशाखा तथा कार्यालयहरूको ब्रिफिङ लिइरहेका छन् । चैत्र १३ गते शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनी नियमित छलफल र अन्तरक्रियामा छन् । उनले मन्त्रालय अन्तर्गतका कार्यालयको संरचना र कार्यप्रगति अवस्था, बजेट कार्यन्वयन, राजश्व सङ्कलन, राजश्व चुहावट नियन्त्रणका उपाय लगायतका विषयमा विस्तृतमा जानकारी लिइरहेका छन् ।

डा.वाग्लेले ६ वटा महाशाखा, २ वटा विभाग, २ वटा कार्यालय र एक प्राधिकरणको ब्रिफिङ लिइसकेका छन् ।
बजेट महाशाखा, अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा, राजश्व व्यवस्थापन महाशाखा, वित्तिय सङ्घीयता समन्वय महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, वित्तिय क्षेत्र महाशाखा, नेपाल बीमा प्राधिकरण, महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग र आन्तरिक राजश्व विभागको ब्रिफिङ लिएका हुन् ।

यस्तै, उनले उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकाय र राजश्व प्रशासनलाई आग्रह पनि गरे । सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजश्व सङ्कलन गर्न र राजश्वको चालु आवको लक्ष्य पुरा गर्न मात्रै नभई राजश्व त्यो भन्दा बढी सङ्कलन गर्न निर्देशन दिए ।

उनले निजी क्षेत्रका तीन वटा प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । सो अन्तरक्रियामा नयाँ राजनीतिक परिवेश, नयाँ सरकार गठनको जनादेशबारे निजी क्षेत्रलाई जानकारी गराएका थिए। सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडी बढ्ने भन्दै अर्थमन्त्री वाग्लेले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न र निश्चिन्त भएर लगानी बढाएर देशमा रोजगारी सृजना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३⁄८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका छन्। यस बीचमा मन्त्रिस्तरीय तीन दर्जन बढी निर्णयहरु उनले गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट लक्षित राजश्व परामर्श सम्बन्धि अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुन थालेका छन् ।
उनी शुक्रबार राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा देशकै ठूलो भन्सार कार्यालय अनुगमन तथा निरिक्षणका लागि वीरगन्ज पुगेका थिए।

सो क्रममा वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आईसीपी) को निरिक्षण, आन्तरिक राजश्व कार्यालय पर्सा र बाराको निरीक्षण गरेर अर्थमन्त्री वाग्ले वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटलाई सुझाव दिन आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img