Sunday, April 5, 2026
spot_img
spot_img

होटलमा डोजर चलेपछि कर्ण शाक्यको प्रष्टिकरणः हामी खराब उद्यमी होइनौँ

spot_img
spot_img

पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित वाटरफ्रन्ट होटलमा महानगरले डोजर चलाएपछि शाक्यले प्रतिक्रिया दिएका छन् । होटलको संरचनाले फेवाताल अतिक्रमण गरेको आरोप भन्दै विगतदेखि नै आरोप लागिरहेको अवस्थामा शनिबार महानगरले डोजर चलाएपछि शाक्यले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् ।

उनले लेखेका छन्, ‘पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय होइन, यो हाम्रो विश्वास, सङ्घर्ष र आस्थाको प्रतीक हो ।’ उनका अनुसार २० वर्षअघि माओवादी आन्दोलनको समयमा दिवाकर राजकर्णिकारसँग मिलेर उनले पर्यटन व्यवसायमा हात हालेका थिए । सोही क्रममा फेवाताल नजिकै रहेको १७ रोपनी जग्गा (बुद्ध लजसहित) स्थानीय पोखरेली उद्यमीबाट खरिद गरी अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गरिएको थियो ।

तर पर्यटक सिजनमै बिना सूचना पर्खाल भत्काइएको भन्दै उनले चित्त दुखाएका छन् । ‘हाम्रो मनमा गहिरो पीडा र चिन्ता जाग्यो । यति सबेरै पहिलो निशानामा हाम्रो होटल किन ? के हामी खराब उद्यमी हौँ र ?’ उनले प्रश्न गरेका छन् ।

६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा नभएर राष्ट्रिय सरोकारको विषय रहेको भन्दै उनले आफ्नो होटलले सरकारका कुनैपनि नियम उल्लङ्घन नगरेको दाबी गरेका छन् ।

‘लालपुर्जा, नक्सा पास, पर्यटन विभागको लाइसेन्स, उद्योग विभागको प्रमाणपत्र, राष्ट्र बैङ्कको इजाजत पत्र सबै छन् । हरेक वर्ष कर तिरिएको छ र कुनै बैङ्कको ऋणसमेत छैन’ उनले भनेका छन्, ‘ हामी खराब उद्यमी होइनौँ, जिम्मेवार र सचेत नागरिक हौँ ।’

होटलको भवन मापदण्डअनुसार ६५ मिटर टाढा रहेको र तीन तल्लाको मात्र भएको शाक्यले बताएका छन् । उनले लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू यस्तै जग्गामा रहेको र त्यस्ता संरचनाहरू उचित मुआब्जा दिएर विधिवत् अधिग्रहण नगरी भत्काउन नमिल्ने बताएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img