Sunday, June 28, 2026
spot_img

व्यवसायी कार्कीद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं साधारणसभा तथा निर्वाचनमा व्यवसायी राजकुमार कार्की (राजु)ले बस्तुगत संघतर्फ कार्यकारिणी समिति सदस्यमा पुनः उम्मेदवारी दिएका छन् । नेपाल कुचो संघका अध्यक्ष कार्की नेपाल अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् ।

उनले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित बस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहबाट उम्मेदवारी दिएका हुन् ।

पहिलो कार्यकालको अनुभवसहित मैदानमा उत्रेका कार्की कृषिजन्य उत्पादनलाई उद्योगसँग जोड्ने स्पष्ट नीतिका लागि सरकारसँग विशेष पैरवी गर्ने उनी बताउँछन् । “नेपाली कृषि उत्पादनको लागत घटाइ स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विशेष दबाबमूलक अभियान सञ्चालन गर्नेछौं,” उनी भन्छन्, “महासंघको प्लेटफर्ममार्फत आत्मनिर्भर कृषिका लागि नीतिगत तथा व्यावहारिक पहल गर्ने हाम्रो एजेण्डा रहेको छ ।”

कार्की राजु एन्ड नवीन स्टोर्स, कार्की ब्रुम सप्लायर्स, गृहलक्ष्मी ट्रेडर्स, आरआर ट्रेडर्स, गजुरमुखी झाडु कुचो उद्योग तथा एनके लक्ष्मी काठमाडौं लगायतका व्यावसायिक फर्म सञ्चालन गरिरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img