Sunday, June 28, 2026
spot_img

सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा हुने

spot_img
spot_img

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध भएका छन् । सभामुख पदको लागि आज मनोनयन दर्ताको लागि आह्वान गरिएकोमा  निर्धारित समयमा उनको मात्र उम्मेदवारी परेको हो । एकल उम्मदवारी परेकोले उनी सभामुख बन्ने निश्चित भएको छ।

सभामुख निर्वाचनको औपचारिक प्रक्रिया भने आइतबार हुने छ । आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल रहेका छन् । सो प्रक्रिया पछि उनलाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ।

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति हुन् । उनी काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img