नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले समूहसहित उम्मेदवारी दर्ता गराएका छन् ।हनुमान जयन्तीको अवसर पारेर महासंघ कार्यालय टेकुमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल (वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार)को समर्थन पाएको नरेशलाल समूहले उम्मेदवारी दर्ता गराएको हो ।
श्रेष्ठको समूहबाट सदस्यहरुमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादूर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सुनैना घिमिरे पाण्डे र सुधिर पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तासँगै आफ्नो समुह बलियो रहेको र जीत सुुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले जानकारी दिए ।













