आज शुक्रबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ। बिहीबार १५२.०४ रुपैयाँ रहँदै अहिलेसम्म कै उच्च बिन्दुमा रहेको डलरको मूल्य आज घटेर १४९.२७ रुपैयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम गरेको हो । यो भनेको १ डलर पाउनको लागि १४९ रुपैयाँ २७ पैसा नेपाली रकम खर्च गर्नु पर्छ ।
राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १४८ रुपैयाँ ६७ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।












