राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले विगतमा राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गरेका छन् । नेता र पार्टीका सिफारिसमा नियुक्ति लिएकाहरुलाई स्वेच्छिक रुपमा राजीनामा दिएर विधिको पालनामा सघाउन रबीले अनुरोध गरेका हुन् ।
उनले सरकार नयाँ मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहने बताउँदै विगतमा नियुक्ति लिएकाहरुले राजीनामा दिनुपर्ने बताएका हुन् । ‘हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीले स्वेच्छाले मार्गप्रशस्त गरिदिनु हुनेछ भन्ने विश्वास पनि लिन चाहन्छु’ उनले संसदमा सम्बोधन गर्दै भने ।












