Sunday, May 3, 2026
spot_img
spot_img

निर्माण व्यवसायी महासंघको चुनाव आज, दुइ समूह प्रतिस्पर्धामा

spot_img
spot_img

नेपाल निर्माण व्यवसायी महासंघको १३औं‌ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुँदैछ ।

अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलश पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् ।

उपमहासचिव पदमा प्रमोद लामिछानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

यसैबीच, लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का पाण्डे प्यानलका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img