Monday, June 29, 2026
spot_img

अर्थमन्त्रीले भने, ‘विगतको भन्दा फरक बजेट ल्याउँछौँ, निजी क्षेत्रलाई दिल खोलेर सहयोग गर्छौँ’

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को टोलीसँग सोमबार साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौँ’ भनेका हुन् ।

‘निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ, अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेछ’ उनले भने, ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौं ।’

उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउने उनले बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै उनले सरकार दिल खोलेरै सहयोग गर्न तयार रहेको पनि बताए ।

‘पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छ । हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो’ उनले थपे, ‘निजी क्षेत्रका साथीहरू इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस् हामी दिल खोलेरै सहयोग गर्छौँ ।’

अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्न र सरकारले सबै खाले सहयोग गर्ने बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img