Sunday, May 3, 2026
spot_img
spot_img

महासंघ बागमती प्रदेश निर्वाचन: अध्यक्षका लागि दुर्गाराज श्रेष्ठले गरे मनोनयन दर्ता

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षको लागि दुर्गाराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । उनले आज प्यानल सहित मनोनयन दर्ता गरेका हुन् ।

उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेम हरि मैनाली, जिल्ला नगर उपाध्यक्षमा कविराज खत्री र कोषाध्यक्षका उम्मेदवार जीवनकाजी माकाजु रहेका छन् । प्रदेश महासंघको साधारणसभा र निर्वाचन चैत २४ गते हुँदै छ।

दुर्गाराज श्रेष्ठ हाल महासंघ बागमती प्रदेशको उपाध्यक्ष छन् । वस्तुगत–एसोसियट समूहबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

 बागमती प्रदेश मुलुकको राजधानी काठमाडौँसमेत भएको प्रदेश हो । यसकारण महासंघ पश्चात महासंघका अङ्गहरुमध्ये सबैभन्दा बढी देखिने र सुनिने संरचना पनि बागमती प्रदेश नै हो ।

यस्तो छ दुर्गाराजको पृष्ठभूमी

दोलखाको सामान्य परिवारमा जन्मिएका दुर्गाराज श्रेष्ठ परिवारको पहिलो व्यवसायी हुन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका उनी आयातका समस्या र वितरणका व्यवधान बुझेका व्यक्ति हुन् । आफू स्वयम् पनि डिस्टिब्यूटर र इम्पोटर रहेका श्रेष्ठसँग उद्यम व्यवसायको मात्रै होइन, संस्थागत अनुभव पनि लामो छ । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्ष छन् । यो उनको दोस्रो कार्यकाल हो ।

२०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका दुर्गाराज नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए ।

उनी उद्योग वाणिज्य संघ काठमाडौँको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् ।

व्यवसायिक यात्राको २ दशक लामो अवधिमा श्रेष्ठले उल्लेखित संस्थाहरुमार्फत उत्पादक र वितरकबीच समन्वयकारी भूमीका त निर्वाह गरेका छन् नै, सँगसँगै सरकार र सरकारी निकायहरुसँग निजी क्षेत्रका मुद्दामा कयौँपटक बहस र छलफल गरेका छन् । स्थानीय सरकारको कर तथा राजस्वको विषयमा होस् वा भन्सारमा हुने ढिलासुस्तीका विषय हुन् । प्रदेश सरकारको औद्योगिक तथा व्यवसायिक नीतिका सम्बन्धमा होस् वा दूरदराजमा रहेका व्यवसायीहरुको कर प्रशिक्षण तथा व्यवसाय सञ्चालन सम्बन्धि क्षमता विकासमा होस् । उनले पटकपटक लविङ गरेका छन्, नतिजा निकालेका छन् ।

आफ्नो कामको प्रचार गर्न खासै नचाहने उनी वितरक र उत्पादक एक–अर्काका परिपूरक हुन् भन्ने ठान्छन् । आजभन्दा करिब एक दशक अगाडिसम्म उत्पादक र वितरकबीच खास समन्वय देखिँदैनथियो । तर, अहिले यी दुइ क्षेत्र एक अर्काका सारथी बनेका छन् । यसको श्रेय उनै दुर्गाराजलाई जाने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

यस्ता छन् एजेण्डा

दुर्गाराज श्रेष्ठ बागमती प्रदेशको भौगोलिक अवस्था मात्रै होइन, यस क्षेत्रमा भएका प्रचूर सम्भावनाका बारेमा पनि जानकार छन् । उच्च पहाडी भेगको जटिबुटीदेखि पर्यटनसम्म र समथर भू–भागमा हुने उत्पादनदेखि सेवा क्षेत्रसम्म बागमती प्रदेशका अपार सम्भाव्य क्षेत्रहरु हुन् भन्ने उनी ठान्दछन् । यी सम्भावनाहरु पहिल्याउँदै प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने उनको भनाइ छ ।

साथै, बागमती प्रदेश महासंघको आफ्नै भवन छैन । भौतिक संरचनाले सम्पन्न प्रदेश महासंघ बनाउने उनको अर्को लक्ष्य छ ।

‘मुलुकको राजधानी काठमाडौँ पनि बागमती प्रदेशभित्रै पर्छ । मुलुकको कुल आर्थिक कारोबारको ठूलो हिस्सा पनि यहीँ प्रदेशभित्र हुने कारोबारले ओगट्छ’ उनी भन्छन्, ‘यसकारण यस प्रदेश भित्रका उद्योगी व्यवसायीका मुद्दाहरु प्रदेश सरकारसँग बलियोसँग राख्नुपर्ने छ । कतिपय अवस्थामा केन्द्र सरकारसँग पनि पुग्नुपर्ने हुन सक्छ । त्यस्तो बेलामा महासंघसँग समन्वय गरेर अघि बढ्ने हाम्रो योजना छ ।’

उनले प्रदेश भित्रका जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुलाई सबल र सक्षम बनाउँदै ति संघहरुसँग प्रदेश सरकारले सहकार्य गर्ने र प्रदेशभित्रका उद्योगी व्यवसायीहरुलाई उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पनि छ भन्ने महशुस गराउने आफ्नो एजेन्डा प्रस्तुत गरेका छन् ।

‘साना मझौला उद्यम व्यवसायहरुलाई सहुलियत र व्यवसाय दर्तामा एकद्वार प्रणाली कायम गर्नुपर्ने आवश्यकता छ’ उनी भन्छन्, ‘शहर बजारमा उद्यम व्यवसाय डिजिटल फ्रेमवर्कभित्र गइसकेपनि दूरदराजमा अझैपनि डिजिटल सेवा प्रभावकारी रुपमा पुगिसकेको छैन । यसका लागि सम्बन्धित स्थानीय तहमार्फत उद्योग वाणिज्य संघहरुसँगको सहकार्यमा उद्यम व्यवसाय डिजिटल फ्रेमवर्कभित्र ल्याउने गरी काम गर्न नीतिगत रुपमै व्यवस्था गराउन पहल गर्नुपर्नेछ । हामीले त्यसका लागि काम गर्न चाहेका छौँ ।’

यसैगरी, बागमती प्रदेशभित्र घोषणा भएका औद्योगिक क्षेत्रहरुभित्र सहजै उद्योग खोल्न सक्ने वातावरण बन्नुपर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रभित्र उद्योग खोल्दा कर तथा अन्य सेवासुविधामा सहुलियत दिलाउने प्रयत्न गर्ने दुर्गाराज बताउँछन् ।

‘मयुरधाप औद्योगिक क्षेत्रभित्र सहजै उद्योगहरु स्थापना हुन सक्ने खालको वातावरण बनाउनुपर्नेछ । शक्तिखोर औद्योगिक क्षेत्र पनि पहिचान भएको छ, पूर्वाधार तयार नहुँदा उद्योगहरुले सम्भावना पहिल्याउन सकेका छैनन्’ उनी भन्छन्, ‘यी यावत विषयमा प्रदेश सरकारसँग गहन छलफल गरी नतिजा निकाल्ने नेतृत्व अहिले उद्योग वाणिज्य बागमती प्रदेशलाई चाहिएको छ । यसका लागि दुइ कार्यकाल उपाध्यक्ष भइसकेको हुनाले प्रदेश भरीका जिल्ला नगर, वस्तुगत र एसोसियटका साथीहरुले मलाई अगाडि बढाउनु भएको छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img