Wednesday, July 1, 2026
spot_img

केपी ओली र रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

spot_img
spot_img

शनिवार पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  उनीहरूलाई म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालत लगेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले उनीहरु दुवै जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। उनीहरु दुवै हिजो शनिवार बिहानै पक्राउ परेका थिए। ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई उनको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो ।

नव गठित सरकारको शुक्रबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले  जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।  प्रतिवेदनले सुरक्षा निकायको हकमा गरेका सिफारिस बारे भने अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय र सिफारिस गरिएका अन्यको हकमा भने गृह मन्त्रालयमार्फत प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लगिने निर्णय गरेको थियो।

अघिल्लो सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ गर्न पूर्व न्यायधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। प्रतिवेदनले जेन्जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृह मन्त्री रमेश लेखक, र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई दोषी ठहर गर्दै जेल सहितको कारवाही सिफारिस गरिएको छ ।

सोहि प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसंगै ओली र लेखक पक्राउ परेका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...
spot_img