Tuesday, May 5, 2026
spot_img
spot_img

अमेरिका-इरान युद्दमा यमनका हूथीको प्रवेश, अर्को जलमार्ग ‘रेड सी’ ठप्प पर्ने जोखिम

spot_img
spot_img

अमेरिका र इजरायलविरुद्धको युद्धमा यमनका इरान-समर्थित हूथी विद्रोही समूह (अन्सार अल्लाह) औपचारिक रूपमा प्रवेश गरेको छ। शनिबार हूथीले इजरायलका ‘संवेदनशील सैन्य स्थल’हरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको छ। इजरायलले भने दुईवटा मिसाइललाई आकाशमै रोकेको जनाएको छ। यो घटनालाई युद्धको नयाँ मोर्चा खुल्ने रूपमा हेरिएको छ।

किन युद्धमा सामेल भए हूथी ?

हूथी विद्रोही इरानको ‘एक्सिस अफ रेसिस्टेन्स’ (प्रतिरोधको अक्ष) को महत्वपूर्ण सदस्य हुन्। उनीहरूले यसअघि नै चेतावनी दिएका थिए कि अमेरिका र इजरायलले इरानविरुद्ध थप देशहरूलाई सहयोगी बनाएमा, रेड सीलाई इरानविरुद्ध ‘शत्रुतापूर्ण कारबाही’ का लागि प्रयोग गरेमा वा प्यालेस्टाइन, लेबनान, इरान र इराकमा आक्रमण जारी राखेमा उनीहरू ‘ट्रिगरमा औंला राखेर’ तयार छन्।

इरानले फेब्रुअरी २८ मा सुरु भएको युद्धमा हूथीलाई नयाँ मोर्चा खोल्न दबाब दिइरहेको थियो। हूथी नेता अब्दुल मलिक अल-हूथीले यो आक्रमणलाई इरान, प्यालेस्टाइन र मुस्लिम देशहरूविरुद्धको आक्रमणको प्रतिकार भनेका छन्। उनीहरूको मुख्य कारण वैचारिक र रणनीतिक दुवै हो – इरानको समर्थन र गाजा युद्धदेखि सुरु भएको ‘सोलिडारिटी’ लाई निरन्तरता दिनु।

उनीहरू के चाहन्छन् ?

हूथीको माग स्पष्ट छ :

इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान
प्यालेस्टाइन, लेबनान, इरान र इराकमा ‘मुस्लिम देशहरूविरुद्ध आक्रमण’ तत्काल रोक्नु
यमनमाथिको ‘अन्यायपूर्ण नाकाबन्दी’ हटाउनु
रेड सीलाई अमेरिका-इजरायलले इरानविरुद्ध प्रयोग गर्न नदिनु

उनीहरूले रेड सीमा व्यापारिक जहाज र तेल ट्यांकरमा आक्रमण गरेर विश्व अर्थतन्त्रलाई दबाब दिन सक्ने चेतावनी दिएका छन्।

इरान र इजरायलका लागि अर्थ 

इरानका लागि : हूथीको प्रवेश इरानको लागि ठूलो ‘फोर्स मल्टिप्लायर’ हो। उनीहरूले इरानको सट्टा अमेरिका-इजरायलको ध्यान र सैन्य स्रोत तान्न सक्छन्। रेड सी बन्द गरेर विश्वव्यापी तेल आपूर्ति प्रभावित पार्न सक्छन्, जसले इरानलाई युद्ध लम्ब्याउन मद्दत गर्छ। इरानले प्रत्यक्ष युद्धमा नभई प्रोक्सी (छाया सेना) मार्फत लड्न सक्छ।

इजरायलका लागि : दक्षिणी इजरायलबाट नयाँ खतरा थपिएको छ। यद्यपि इजरायलले अहिलेसम्म मिसाइल रोक्न सफल भएको छ, तर हूथीको क्षमताले इजरायलको रक्षा प्रणाली थकित पार्न सक्छ र युद्धलाई अझै फैलाउन सक्छ।

हूथी कति शक्तिशाली छन् ?

हूथी विद्रोही २०१४ देखि यमनको राजधानी सना लगायत ठूलो भूभाग नियन्त्रण गर्छन्। साउदी नेतृत्वको गठबन्धनसँगको लामो गृहयुद्धमा युद्ध-कुशल बनेका उनीहरू इरानबाट ब्यालिस्टिक मिसाइल, ड्रोन र हतियार प्राप्त गर्छन्। उनीहरूले २०२३-२०२५ मा गाजा युद्धका क्रममा रेड सीमा सयौं आक्रमण गरेका थिए, केही जहाज डुबाएका थिए। इजरायलसम्म मिसाइल र ड्रोन पु¥याउन सक्ने क्षमता छ।

यमनको पश्चिमी तटमा बलियो उपस्थिति छ, जसबाट रेड सी नियन्त्रण गर्न सजिलो हुन्छ। हालै उनीहरूले लडाकु भर्ती, स्थानीय हतियार उत्पादन र सुदृढीकरण गरिरहेका छन्।

यद्यपि उनीहरू conventional army होइनन्, तर असममित युद्ध (asymmetric warfare) मा अत्यन्त प्रभावकारी छन्।

हूथीको प्रवेशले रेड सीको व्यापार पूर्ण रूपमा बन्द हुन सक्ने र विश्वव्यापी ऊर्जा संकट निम्त्याउने खतरा छ। विशेषज्ञहरूका अनुसार, हूथीको यो कदमले युद्धलाई लामो र क्षेत्रीय बनाउन सक्छ। हूथीको प्रवेशसँगै मध्यपूर्वको द्वन्द्व अझ जटिल र खतरनाक बनेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img