माण्डु हाइड्रोपावरद्वारा प्रर्वद्धन तथा संचालित बागमति साना जलविद्युत आयोजनाको क्षमता बढेको छ । यस अघि २२ मेगावाट रहेको सो आयोजनाको क्षमता अब १० मेगावाटले बढेर ३२ मेगावट भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार थप गरिएको १० मेगावाटको निर्माण कार्य सम्पन्न भई विजुली उत्पादन सुरु भएको छ । चैत्र १० गतेबाट विजुलीको परिक्षण उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको कम्पनीले जनाएको छ ।












