Thursday, June 25, 2026
spot_img

नाडाका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिमा अटोमोबाइल्स व्यवसायीका एउटै माग समेटिएन’

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरीले राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको मौद्रिक नीतिले अटोमोबाइल्स व्यवसायीका एउटा पनि माग सम्बोधन नगरेको बताएका छन् । मौद्रिक नीतिबारे बिजनेश पानासँग कुराकानी गर्दै अध्यक्ष चौधरीले गत शुक्रबार नै आउँछ भनेको मौद्रिक नीति एक हप्ता ढिलो गरि आउँदा पनि कुनै माग सम्बोधन हुन नसकेको बताएका हुन् ।

‘एक हप्ता डिले (ढिलाई) हुँदा केही न केही आउँछ कि भन्ने आशा थियो, तर हप्तादिन ढिलाई गरेर ल्याइँदा पनि अटोमोबाइल्स व्यवसायका लागि कुनै पनि सकारात्मक कुरा आएनन्’ अध्यक्ष चौधरीले भने, ‘एउटा पनि माग सम्बोधन गरिएन, हाम्रो लागि त सकारात्मक भन्दा पनि नकारात्मक जस्तो देखियो ।’

उनका अनुसार अटोमोबाइल्स व्यवसायीहरु केन्द्रीय बैंकले ‘अटो लोन’को जोखिमभार १२५ प्रतिशतबाट घटाउँछ भन्नेमा आशावादी थिए । तर, राष्ट्र बैंकले यो पनि सम्बोधन नगरेको अध्यक्ष चौधरीको गुनासो छ ।

यसैगरि, कालोसूचीबारे केन्द्रीय बैंकले गरेको व्यवस्थाबारे पनि अझै प्रष्ट हुन आवश्यक रहेको उनको भनाइ छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...
spot_img