टेस्ट मान्यताप्राप्त आयरल्यान्डको क्रिकेट टिम एक दिवसीय र टि २० क्रिकेट खेल्न नेपाल आउने भएको छ । आयरल्याण्ड क्रिकेट टिमले सन् २०२६ को लागि सार्वजनिक गरेको सेड्युलमा टिमले नेपाल भ्रमण गर्ने उल्लेख गरिएको छ।
क्रिकेट आयरल्याण्डका अनुसार आगामी अगस्टमा अफगानिस्तानसंग एक दिवसीय शृंखलाको ५ वटा खेलपछि आयरल्याण्ड क्रिकेट टिम नेपाल आउने छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) संग भएको पाँच वर्षीय रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डको पुरुष राष्ट्रिय क्रिकेट टिमले नेपाल भ्रमण गरी व्हाइट-बल श्रृंखला खेल्ने क्रिकेट आयरल्याण्डले जनाएको छ।
यो साझेदारीले नेपालको घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट बढाउने र नेपाली टिमलाई बलियो प्रतिस्पर्धाको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।












