टोयोटा गाडीको नेपालका लागि अधिकृत बिकेता युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकाहरूलाई सम्मान गरिएको थियो ।
यस वर्षको प्रतियोगिताले बालबालिकाहरूलाई “भविष्यको गतिशीलता” विषयमा आफ्ना सिर्जनात्मक सोच र कल्पनालाई चित्रमार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गरेको थियो ।
प्रतियोगितामा उमेर समूहअनुसार विजेताहरू निम्नानुसार रहेका छन् । ७ वर्ष मुनि प्रथम प्रेक्षा शर्मा (ग्यालेक्सी पब्लिक स्कुल), दोस्रो अन्नोरा शाक्य आवाले (स्टुडियो १८) तेस्रो देवांश गोयल (राई स्कुल) रहेका छन् । त्यसैगरी ८ देखि ११ वर्ष उमेर समूहमा प्रथम आराध्या कनौजे (ग्यालेक्सी पब्लिक स्कुल), दोस्रो स्रिजा प्रजापति (राई स्कुल) र तेस्रो एज़्यान खान मलिक (राई स्कुल) भएका छन् ।
१२ देखि १५ वर्ष उमेर समूहमा प्रथम निसा लुनिया (राई स्कुल), दोस्रो आर्यव जोशी (कास्थमाण्डप विद्यालय) र तेस्रो अनुवा यादव भएका छन् ।
हरेक उमेर समूहका प्रथम स्थान हासिल गर्ने विजेताहरूले उत्कृष्ट कलाकृतिहरू पाउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा जापानमा आयोजना हुने विश्व प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
टोयोटा ड्रिम कार आर्ट कन्टेष्टले विश्वभरका बालबालिकाहरूलाई भविष्यको सवारी साधन कस्तो हुन सक्छ भन्ने आफ्ना कल्पनाहरूलाई चित्रमार्फत प्रस्तुत गर्न प्रेरित गर्दै आएको छ ।









