Wednesday, May 6, 2026
spot_img
spot_img

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्घाटन, उपत्यकामा बढाउँदै उपस्थिति

spot_img
spot_img

नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर) मार्फत सञ्चालनमा आएका हुन् ।

आठ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरूसहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह प्रस्तुत गरेको छ । दुवै शोरुममा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने, अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन् । यहाँ मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट तथा प्रिमियम पोलिस गरिएको सतहका टायलहरू अवलोकन तथा खरिद गर्न सकिन्छ ।

लामिनारको पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव दिन्छ । यस्तो सतह विशेष गरी लक्जरी भिला, होटल तथा बार जस्ता स्थानका लागि उपयुक्त मानिन्छ । यी सतहहरू गहिरो पोलिस स्पष्टतासहित तयार गरिएका छन्, जुन साधारण पोलिस्ड टायलभन्दा प्रिमियम मार्बलमा देखिने गुणस्तरसँग मेल खान्छ ।

केही टायलहरूमा पिइआई५ घर्षण प्रतिरोध, मोस ९ (कडा ,नकोरिने) गुण तथा आर१२ (नचिप्लने) सतह जस्ता विशेषताहरू उपलब्ध छन्, जसले ती टायलहरूलाई बढी आवागमन हुने स्थानका लागि उपयुक्त बनाउँछ।

उद्घाटन समारोहमा बोल्दै सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारले प्रयोग गरेको प्रविधि, डिजाइन र गुणस्तरको निरन्तरताका कारण बजारमा बलियो विश्वास स्थापित भएको बताए । उनले नयाँ शोरुमले घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूलाई टिकाउ टायलहरू खरिद गर्ने अवसर प्रदान गर्ने बताए ।

त्यसैगरी पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन र पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए । उनका अनुसार ग्राहकहरू अहिले डिजाइन सौन्दर्य र दीर्घकालीन टिकाउपन दुवैलाई संयोजन गर्ने सतहको खोजीमा छन्।

शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले कम्पनीको लक्ष्य नेपालमै उत्पादन हुने तर अन्तर्राष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने उन्नत प्रविधियुक्त सतहहरू उपलब्ध गराउनु रहेको बताए । बर्दियास्थित उच्च क्षमतायुक्त कारखानामा इटालीको ग्लेज तथा स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन हुने लामिनारले नेपालको टायल उद्योगको बढ्दो क्षमतालाई प्रतिबिम्बित गरेको उनले बताए ।

शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति अझ मजबुत बनाउँदै लगेको छ । नेपालमै उत्पादन गरिएका विश्वस्तरीय गुणस्तरका भिट्रिफाइड टायलहरू विभिन्न सतह आवश्यकताका लागि बजारमा उपलब्ध छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे २५५ मतले अगाडि, गणना हुन बाँकी मत जम्मा ३३४

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...
spot_img