Friday, August 7, 2026
spot_img

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै युनिक्याम्पस ग्लोबल

spot_img

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको युनिक्याम्पस ग्लोबलले २५ औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ । सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ । युनिक्याम्पस ग्लोबल मार्फत धेरै विद्यार्थीले आफ्नो शैक्षिक भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर समेत पाएका छन् ।

संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाली विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्नका लागि युनिक्याम्पस ग्लोबल सदैव प्रतिबद्ध रहेको बताए । साढे २ दशकको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरे पनि समर्पित टोली र दीर्घकालीन दृष्टिकोणका कारण अग्रणी शैक्षिक परामर्श संस्था बन्न सफल भएको अध्यक्ष श्रेष्ठले बताएका छन् । उनले शिक्षा क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन र गुणस्तरीय परामर्शलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको बताएका छन् । उनले भने, “विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा साथ दिनु नै हाम्रो मूल उद्देश्य हो ।”

शिक्षा परामर्श क्षेत्रका अगुवा हेमन्त भट्टराईले नेपालमा शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने अभियानमा युनिक्याम्पस जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

यूनिक्याम्पस ग्लोबलले परामर्श सेवासँगै शिक्षण संस्थाहरूको स्थापना र विकासमार्फत पनि शिक्षा क्षेत्रमा योगदान विस्तार गरेको छ । यूनिक्याम्पस ग्लोबलले आफ्नो सेवा विस्तारसँगै नेपाली विद्यार्थीलाई विश्व स्तरको शिक्षामा पहुँच दिलाउने अभियानलाई अझ सुदृढ बनाउँदै लगेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img