प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र १९ गते विशेष साधारणसभा बोलाएको हो ।
सभामा कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव पेश हुने छ। त्यसको लागि प्रबन्धपत्र तथा नियमावलीमा फेरबदल गर्ने र नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छन्।
चैत्र ११ गतेसम्म कायम शेयरधनीले मात्र यस विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।













