Wednesday, July 1, 2026
spot_img

बजारमा ग्यास अभाव, खाना पकाउँदा बिजुलीको प्रयोग बढाउन निगमको आग्रह

spot_img
spot_img

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नदेखिएको दाबी गरेपनि उपभोक्ताले भने सहजै ग्यास पाएका छैनन् । निगमले फागुन २७ गते साँझ विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा देखिएको समस्याको असर हालसम्म नेपालमा नदेखिएको जनाएको थियो।

तर फागुन २८ गते बिहानैदेखि उपभोक्ताहरु ग्यासको खोजिमा सडकमा निस्किएका छन् । कतिपय ग्यास डिपोहरु बन्द रहेका छन् भने खुलेका डिपोमा पनि ग्यास सिमित रहेको र उपभोक्ताको लाइन लामो रहेको व्यवसायीहरुले बताएका छन् ।  बालाजु उद्योगिक क्षेत्रमामा ग्यास खोज्नेको लामो लाइन देखिएको छ।

नेपालमा भारत हुँदै पेट्रोलियम पदार्थ आउने गरेको छ। भारतले पनि अधिकांश पेट्रोलियम पदार्थ मध्यपूर्वका देशबाट  आयात गर्ने गरेको छ। तर इरान-अमेरिका युद्दका कारण इरानले  समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेको छ । त्यहि मार्गबाट भारतले पेट्रोलियम पदार्थ आयात गर्ने गरेको थियो। यसका कारण भारतकै कतिपय राज्यमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ। भारत मै अभाव देखिएपछि नेपालमा अभाव देखिन थालेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको  बिक्री वितरण र प्रयोगमा सुरक्षात्मक उपाय अबलम्बन गर्न भनेको छ । पूर्ण रुपमा आयातमा पर निर्भर रहेकोले खपतमा केहि सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएकाले निगमले आम उपभोक्तावर्गमा  खपत कम गर्ने उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।

जस अनुसार निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न, ग्याँसको सट्टा बिजुलीको खपत बढाउन,
Ride Sharing को व्यवस्था गर्न, तथा विद्युतका लागि जेनेरेटर आदि नचलाउन निगमले आग्रह गरेको छ । विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न निगमले अनुरोध गरेको हो ।

कसैले अनावश्यक रुपमा ग्याँस सिलिन्डर होल्डिङ गरेको पाईएमा, बढी मुल्य लिई ग्याँस तथा पेट्रोलियम पदार्थ विक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाईएमा नेपाल सरकारको कानुन बमोजिम कारवाही हुने निगमले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...
spot_img