Wednesday, July 1, 2026
spot_img

चैत्र १५ देखि काठमाडौँका यी सडक ‘वान वे’ हुँदै

spot_img
spot_img

काठमाडौँ महानगरपालिकाले महानगरपालिकाको वडा नम्बर १ का विभिन्न सडक खण्डलाई वान वे गर्ने निर्णय गरेको छ ।
सवारी तथा यातायात सञ्चालनलाई सहज, सुरक्षित र प्रभावकारी बनाउनका लागि काठमाडौँ महानगरपालिका वडा नं. १ अन्तर्गत पर्ने  सडक खण्डलाई वान वे गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार भवन व्यवस्था समितिले  २०८२|०८/०४ गते नै यसबारे निर्णय गरिसकेको थियो । अब २०८२।१२।१५ देखि लागू हुने गरी यी सडक एकतर्फी (One Way) सञ्चालन गरिने ममहानगरल जनाएको छ ।

साथै यस सडक खण्डमा सवारी साधनहरू निर्धारित दिशाबाट मात्र आवागमन गर्न र विपरीत दिशाबाट सवारी सञ्चालन गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने  जानकारी गराउँदै सो क्षेत्रमा सञ्चालन हुने सवारीसाधनका चालकहरू, स्थानीय बासिन्दा तथा व्यवसायीहरूलाई एकतर्फी (One Way) कार्यान्वयनमा सहयोग पुऱ्याउन समेत महानगरले अनुरोध गरेको छ  ।

वान वे कायम हुने सडकहरु 
• नक्साल भगवती मार्ग साविक एकतर्फी (पूर्व पश्चिम) ।

• पुलिस हेडक्वाटर सिंह दोबाटोबाट सम मार्ग चारढुङ्गे हुँदै कमलपोखरीतर्फ सम्पूर्ण सवारीसाधनहरू प्रवेश निषेध (उत्तर दक्षिण) ।

• नक्साल भगवती मार्ग हुँदै चारढुङ्गे चोकबाट कमल पोखरी सम मार्गतर्फ सम्पूर्ण सवारीसाधनहरू प्रवेश निषेध |

• कमल पोखरी सम मार्ग चारढुङ्गेबाट Right Turn निषेध ।

• नागपोखरीबाट भगवती मार्ग प्रवेश निषेध (पश्चिम पूर्व ) ।

• कमलपोखरी किस्ट कलेजबाट चार ढुङ्गे हुँदै सिंह दोबाटो सम्मको सम मार्गमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे बाहेकका सवारीसाधन प्रवेश निषेध (दमकल, खानेपानी ट्याङ्कर र अत्यावश्यक सवारीसाधन बाहेक) । साथै कमल पोखरीबाट चारढुङ्गे हुँदै नाग पोखरी निस्कने सवारीसाधन प्रवेश गर्न पाइनेछ।

• नक्साल भगवती मार्ग हुँदै नागपोखरीतर्फ चार पाङ्ग्रे र दुई पाङ्ग्रे बाहेकका सवारीसाधन प्रवेश निषेध (दमकल, खानेपानी ट्याङ्कर र अत्यावश्यक सवारीसाधन बाहेक) ।

हेर्नुस् सूचना

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंक लगातार तेस्रो पटक ‘गोल्ड’सहित एकसाथ ३ अवार्डद्वारा सम्मानित

नबिल बैंक बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित...

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...
spot_img