अमेरिकाले इरानमा आक्रमण गरेपछि द्वन्द्व बढिरहेको मध्यपूर्व क्षेत्रबाट केही विमान नेपाल आउने भएका छन् । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सो क्षेत्रबाट केही विमान नेपाल आउँन लागेका हुन् ।
कार्यालयका अनुसार मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिवन्धका कारण अन्तराष्ट्रिय उडानहरु बन्द तथा रद्द भै रहेको परिप्रेक्ष्यमा केही वायुसेवाहरुले सो क्षेत्रमा अलपत्र परेका तेश्रो मुलुक हुदै नेपाल आउने ट्रान्जिट यात्रुहरुका लागि मध्यपूर्व स्थित केही विमानस्थलबाट नेपाल आउन लागेका हुन् । साथै नेपालबाट सोही विमानस्थलसम्म मात्र जाने ( Connecting / Transit बाहेक ) पनि केही उडान संचालन हुने छन् ।
मध्यपूर्वका देशहरु र सो देशहरुबाट Transit भै तेश्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्वन्धित वायुसेवाहरुसंग समन्वय गरी आफ्नो Booking Confirm गरे पश्चात मात्र विमानस्थलमा आउनको लागी त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आग्रह गरेका छ ।












