राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशिला कार्कीको प्रशंशा गरेका छन् । आज प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भए लगत्तै बालेनले प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका हुन्
बालेनले सामाजिक संजालमा लेखेका छन् ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । #आमा’
जेन्जी विद्रोहपछि कार्कीलाई फागुन २१ मा चुनाव गराउने मुख्य कार्यभार सहित प्रधानमन्त्री पदमा नियुक्त गरिएको थियो। अनेक शंका र उपशंकाका बीच उनको नेतृत्वमा देशभर एकै चरणमा निर्वाचन सम्पन्न भएको छ।









