नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही पुगेका छन् ।
काठमाडौँमा मतदान गरेर उनी हेलिकप्टरमार्फत् आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।
सर्लाही पुगेपछि थापा अहिले विभिन्न मतदान केन्द्रको निरीक्षणमा छन् ।









