Tuesday, September 8, 2026
spot_img

एयरपोर्टसम्म पुग्न पर्यटकका लागि निःशुल्क सटल बस

spot_img

नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ । निर्वाचनलाई लक्षित गर्दै बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूका लागि सटल बस सेवा सञ्चालनमा ल्याएको हो ।

विमानस्थलदेखि काठमाडौँ उपत्यकाका होटल तथा मुख्य पर्यटकीय स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ । उक्त सेवा आज बिहान ५ बजेदेखि सुरु गरिएको छ र साँझ ७ बजेसम्म कायम रहने बोर्डले जनाएको छ ।

बोर्डले यसका लागि २ वटा रुट तय गरेको छ । यस अन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन होटल, दरबारमार्ग, याक एन्ड यती होटल, नागपोखरी, गौशाला र द्वारिका होटल हुँदै बस विमानस्थल पुग्नेछ । यस रुटको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको बस उपलब्ध छ ।

महाराजगञ्ज चोक, नारायणथान, रामडा होटल, मक्र्योर होटल, चाबहिल, हायात रीजेन्सी होटल, जोरपाटी र गौशाला हुँदै विमानस्थलसम्म अर्को बस सञ्चालनमा छ । यस रुटको समन्वय पवन गिरीले गरिरहेका छन् भने बा १ प १३२० नम्बरको बस उपलब्ध छ ।

अर्को रुट अन्तर्गत कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी होटल, एकान्तकुना, सातदोबाटो, ग्वार्कोको रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर, एभरेष्ट होटल हुँदै बस विमानस्थलसम्म पुग्नेछ । यस रुटमा बा १ प १०८१ नम्बरको बस सञ्चालनमा छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...