खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्ने अनुमति लिएका कम्पनीले अवैध गतिविधि गरेको गुनासो आएपछि अनसमति रद्दत सम्मको चेतावनी दिएको छ ।
सुन खोजतलास गर्ने अनुमति पाएका कम्पनीले ठूला ठूला उपकरण तथा मेशिन प्रयोग गरी खोलाको वहाव नै परिवर्तन गर्ने गरेको र खोलालाई प्रदूषित गराउने गरेको गुनासो आएको भन्दै विभागले त्यसो नगर्न निर्देशन दिएको हो ।
विदेशी प्राविधिक प्रयोग गरी खोलाहरुमा सुन अन्वेषणको काम गरेको गुनासो आएको भन्दै विभागले खनिजको काम गर्दा वातावरणमा प्रतिकूल प्रभाव हुने गतिविधि गर्न नपाइने प्रावधान पनि स्मरण गराएको छ ।
यदि तोकिएको बाहेकका गतिविधि गरेको पाइए अनुमति पत्र रद्द हुने विभागको चेतावनी छ ।












