Wednesday, July 1, 2026
spot_img

डिजिटल इकोनोमीबाट लाभ लिन रणनीतिक लगानी आवश्यक छः सीईओ ज्ञवाली

spot_img
spot_img

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट लाभ लिन रणनीतिक लगानी आवश्यक रहेको बताएका छन् ।

भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापक सम्भावना रहेको र उक्त सम्भावनालाई मूर्त रुप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको बताएका हुन् ।

डिजिटल इकोनोमीका लागि नेपाल तयार रहेको उल्लेख गर्दै उनले सरकारले डिजिटल नेपालको फ्रेमवर्कसहित विभिन कानूनी, नीतिगत तथा संस्थागत संरचना विकास गरेका जानकारी पनि गराएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका उदीयमान प्रविधिका पूर्वाधारका लागि आवश्यक ऊर्जा सस्तो दरमा उपलब्ध हुन र प्रविधिमैत्री युवाशक्तिको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रकृतिक कुलिङ प्रणाली उपलब्ध हुन सक्ने भएकाले डेटा सेन्टर, आइटी पार्क लगायतका क्षेत्रमा लगानीका लागि नेपाल विश्वको आकर्षक गन्तव्य बन्न सक्ने उनको धारणा छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमी, आइटी क्षेत्र लगायतमा लगानी वृद्धि गरी अधिकतम लाभ लिन नेपाल र भारत सरकारका साथै निजी क्षेत्रबीच व्यवसायिक तहमा समानान्तर र व्यवस्थित पहल आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।

कार्यक्रममा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर जी, भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा, नेपालका लागि भारतका पूर्व राजदूत मञ्जिवसिंह पुरी लगायत विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...
spot_img