Wednesday, July 1, 2026
spot_img

आईटी उद्यमी बिज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य सम्मान”बाट सम्मानित

spot_img
spot_img

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखीय योगदान गर्दै आएका उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य पुरस्कार”बाट सम्मानित भएका छन् । चौथो बिराट म्यूजिक एण्ड फिल्म अवार्डस् कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई “विशिष्ट वाणिज्य सम्मान ” प्रदान गरिएको हो ।

नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवद्र्धनमा गरेको उल्लेखनीय योगदानको कदर स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

चलचित्र, सङ्गीत, व्यवसाय तथा प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्रका लागि श्रेष्ठको प्रेरणादायी भूमिकाको प्रशंसा गरिएको थियो । आईटी उद्यमी श्रेष्ठले नेपालबाट सफ्टवेयर निर्यात तथा प्रविधि सेवा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनले डिजिटल इन्नोवेसन मार्फत विदेशी आम्दानी वृद्धि गर्न तथा नेपाली आइर्टी उद्यमको क्षेत्रलाई व्यवसायिक बनाउन योगदान पुर्याएका छन् ।

विशिष्ट वाणिज्य सम्मानले प्राविधिक क्षेत्रका नवप्रवर्तन तथा डिजिटल नेतृत्वको महत्वलाई जनाउँदै प्रविधि र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गरेको श्रेष्ठले बताए ।

सम्मान ग्रहणपछि श्रेष्ठले डिजिटल नेपाललाई सक्षम बनाउने आफ्नो लक्ष्यमा थप हौसला मिलेको बताए । सफ्टेड ग्रुपका अध्यक्ष समेत रहेका श्रेष्ठले आईटी पेशागत सीप र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

डिजेल पेट्रोलको भाउ घटेसँगै व्यवसायी आफैँले भने, ‘गाडी भाडा पनि घटाउ’

आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज बुधबार पनि सुनचाँदीको भाउ घटेको छ । मंगलबार...
spot_img