Thursday, April 30, 2026
spot_img
spot_img

एफपीओ पर्नेले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने, साधारणसभा आह्वान

spot_img
spot_img

एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने भएका छन् । कम्पनीको साउन १० गते बसेको संचालक समितिको बैठकले एफपीओ प्राप्त गर्ने लगानीकर्तालाई पनि आर्थिक वर्ष २०७९/८० को लाभांश दिने निर्णय गरेको हो ।

यस सँगै कम्पनीले यस गाही घोषणा गरेको लाभांश दर केही घटेको छ । कम्पनीले यस अघि १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकोमा अब भने एफपीओ शेयरलाई पनि समावेश गरेर लाभांश दिने भएपछि बोनस दर १४.००५१४३ प्रतिशत कायम भएको छ। कम्पनीको एफपीओ बाँडफांड भने हुन बाँकी छ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

 सामान्य प्रस्तावहरु :
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९।०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गते देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ. ब. २०८० / ८१ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्तावहरु : 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम थप सार्वजनिक शेयर निष्काशन (FPO) मार्फत थप भएको शेयर सहित कायम चुक्ता पूँजी रु ९१,५४,५५,४६३ – (एकानब्बे करोड चौवन्न लाख पचपन्न हजार चार सय त्रिसट्ठी रुपैया) को १४.००५१४३ प्रतिशतले हुने रकम रु १२,८२,१०,८५३।७२ (अक्षरेपी बाह्र करोड बयासी लाख दश हजार आठ सय त्रिपन्न दशमलव सात दुई रुपैया मात्र) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोनस शेयर प्राप्त गर्न शेयरधनीहरुले लाभांश कर वापत नियमानुसारको रकम भुक्तानी गर्ने । थप सार्वजनिक शेयर निष्काशन (FPO) भएको शेयरलाई चुक्ता पूँजीमा बृद्धि गर्ने एवं बोनस शेयरलाई अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजीमा बृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने । बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने ।

२. भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर / प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, DDA गर्ने र मर्जर / प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने स्वीकृति बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्ध पत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने ।

४. उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृत लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img