Wednesday, July 1, 2026
spot_img

वैभव उद्यमी सम्मान २०८२ सम्पन्न, भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित

spot_img
spot_img

उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “वैभव उद्यमी सम्मान कार्यक्रम २०८२” सम्पन्न भएको छ । कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत Rising Entrepreneur (राजिङ इन्टरप्रेनर) विधामा भकारी विज्नेज हाउस प्रा.लि. सम्मानित भएको छ भने Emerging Successful Entrepreneur विधामा पोलिटेक रिसाइकलले सम्मान प्राप्त गरेको छ।

भकारी विज्नेज हाउस प्रा.लि. नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो, जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रण (Recycle) सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

सम्मान प्राप्त गर्ने उद्यमीहरूले खुशी व्यक्त गर्दै सम्मान पाउने अपेक्षा नगरेको भए पनि मूल्याङ्कन समितिबाट छनोट हुँदा थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उमेश कुमार गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे । उनले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा विना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको र यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको जानकारी दिए ।

हरेक वर्ष फागुन १० मा आयोजना

उक्त कार्यक्रम Aeronep Consulting Services द्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वैभव उद्यमी सम्मान हरेक वर्ष फागुन १० गते आयोजना गरिनेछ । एरोनेप कन्सल्टिङ सर्भिसेज व्यवसाय परामर्श, कर तथा वित्तीय मार्गदर्शन र नीति अध्ययन क्षेत्रमा कार्यरत संस्था हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img