Wednesday, July 1, 2026
spot_img

तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरद्वारा नियन्त्रणमा

spot_img
spot_img

तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ । आइतबार अपरान्ह तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरु आगो लागेको मुख्य ठाउँमा जान नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरलाई अनुरोध गरेको थियो ।

गृहबाट अपरान्ह ३ बजेको समयमा अनुरोध आएपछि सिम्रिक एयरले हेलिकप्टर पठाएको थियो । हेलिकप्टर प्रयोग गरेर ५ः४५ बजे आगो नियन्त्रणमा लिइएको हो ।

सिम्रिकले वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र रेस्क्यू स्पेशलिस्ट छिरिङ डेन्डुप भोटेलाई खटाएको थियो । सिम्रिक एयरका अनुसार आगो नियन्त्रणमा लिनका लागि करिब १२ हजार लिटर पानी हेलिकप्टरबाट खन्याइएको थियो । यसका लागि सुरुमा हेलिकप्टरले सुन्दरीजलबाट पानी लगेको थियो । तर, सुन्दरीजल टाढाको दूरीमा रहेकाले छिटो-छिटो पानी लैजान समस्या हुने भएपछि सिम्रिकले नजिकैको रिसोर्टबाट पानीको प्रबन्ध गरेर आगो नियन्त्रणमा लिएको हो ।

सिम्रिकले यो सहित विभिन्न समयमा सरकारको अनुरोधमा देशका विभिन्न ठाउँमा लागेको आगो नियन्त्रणमा आफ्नो हेलिकप्टर प्रयोग गर्दै आएको छ । यसपटक पनि कम्पनीले निःशुल्क सेवा दिएको हो ।

तर, अहिले कम्पनीसँग एउटा मात्रै बम्बी बकेट छ । यसअघि दुइ वटा बम्बी बकेट रहेकोमा भदौ २४ गतेको जेन् जी आन्दोलनका क्रममा सिम्रिक एयरको कार्यालयमा आगजनी हुँदा एउटा बम्बी बकेट जलेपछि अहिले एउटा मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।

यसअघि देखि हालसम्म सरकारको अनुरोधमा सिम्रिकले बिना कुनै शुल्क सेवा दिइरहे पनि आगो नियन्त्रणका क्रममा कम्पनीको भने ठूलो खर्च भइरहेको हुन्छ । फ्युल, पाइलट र कर्मचारीको सेवा तथा बीमा, उपकरणहरुको प्रयोगमा ठूलो खर्च हुने गरेको छ । आगलागी नियन्त्रण गर्न हेलिकप्टरको प्रयोगले सहज हुने भएकाले आगामी दिनमा सरकारले यसका लागि बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता भने बढेर गएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img