नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि हेम राज ढकालको प्यानलले सोमबार उम्मेदवारी घोषणाको तयारी गरेको छ। हाल उपाध्यक्ष रहेका ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ।
ज्योत्सना श्रेष्ठ हाल पनि एसोसिएट उपाध्यक्ष छिन् । उमेश डालमिया हाल ब्यापार मेला कमिटिका संयोजक हुन् भने कल्पना गैरे कार्यसमिति सदस्य हुन् । नरेश लाल श्रेष्ठ हाल निर्यात प्रबर्दन कमिटिका संयोजक हुन् हुने कमला श्रेष्ठ महिला उद्यमी विकास कमिटिकी संयोजक हुन्।
महासंघमा यस पटक देखि दुई जना जिल्ला नगर उपाध्यक्षको निर्वाचन हुने भएको हो ।














सबैलाई सुभकामना छ ।