Wednesday, July 1, 2026
spot_img

ट्रेड भिजन र सांग्रिला डिष्टिलरीबीच मदिरा आयात–निर्यातका लागि रणनीतिक साझेदारीको घोषणा

spot_img
spot_img

अन्तर्राष्ट्रिय रुपमा पेयपदार्थ व्यापारलाई सुदृढ पार्ने गरी ट्रेड भिजन पार्टनर्स र सांग्रिला डिष्टिलरी लिमिटेडबीच साझेदारीको सम्झौता भएको छ । अस्ट्रेलिया, नेपाल र अन्य विश्वव्यापी बजारहरुमा प्रिमियम स्पिरिट र वाइन वितरण विस्तार गर्ने उद्देश्यले रणनीतिक आयात–निर्यात समझदारीमा दुइ कम्पनीबीच सहकार्यको घोषणा भएको हो ।

यो सहकार्यले ट्रेड भिजनको विश्वव्यापी वितरण विशेषज्ञता र सांग्रिला डिष्टिलरीको ठूलो स्तरको उत्पादन क्षमताहरुलाई एकीकृत गरेको छ । जसले विकास, बजार विस्तार र प्रिमियम उत्पादन वितरणका लागि पारस्परिक रुपमा लाभदायक साझा मञ्च तयार पारेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली मदिराको विस्तार

यस सम्झौताअन्तर्गत ट्रेड भिजन पार्टनर्सले सांग्रिला डिष्टिलरीको भोड्का, ह्विस्की र प्रिमियम रक्सीको पोर्टफोलियोका लागि विशेष निर्यात अधिकार सुरक्षित गरेको छ । यी उत्पादन अस्ट्रेलियालगायतका अन्तर्राष्ट्रिय बजार निर्यात गरिनेछन् ।

होटल र खुद्रा वितरण माध्यम

उच्च गुणस्तरको आयातित स्पिरिट र सांस्कृतिक रुपमा विशिष्ट ब्रान्डहरुको बढ्दो मागसँगै सांग्रिलाका उत्पादनहरु प्रिमियम र शिल्प मदिरा खण्डहरुमा बढ्दो उपभोक्ता चासो पूरा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ । ट्रेड भिजनको स्थापित वितरण सञ्जाल र बलियो खुद्रा साझेदारीले बजारमा प्रवेश र ब्रान्डको उपस्थिति मजबुत बन्ने विश्वास लिइएको छ ।

यो पहलले नेपालको निर्यात वृद्धिलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ। जसले नेपालमा निर्मित मादक पेयपदार्थहरुको विश्वव्यापी उपस्थितिलाई प्रवर्द्धन गर्नेछ ।

नेपालको प्रिमियम वाइन ग्यापलाई सम्बोधन गर्दै विदेशमा निर्यातलाई सहजीकरण गर्दै ट्रेड भिजन पार्टनर्सले नेपालमा प्रिमियम अन्तर्राष्ट्रिय वाइनहरु पनि परिचय गराउने छ । ट्रेड भिजनद्वारा गरिएको व्यापक बजार अनुसन्धानले तीव्र रुपमा बढ्दो पर्यटन क्षेत्र, विलासी र पाँचतारे होटलहरुको बढ्दो संख्या, प्रिमियम होस्पिटका लागि बढ्दो माग, उच्च गुणस्तरको वाइनको सीमित उपलब्धतालाइ बजार अवसरका रुपमा पहिचान गरेको छ ।

पर्यटन व्यवसायमा बलियो वृद्धि भएपनि गुणस्तरिय वाइन अझै पनि थोरै मात्र आयात र खपत भइरहेको छ । पाँचतारे होटल, रिसोर्ट, भोजन रेस्टुरेन्ट, विशेष खुद्रा बिक्रेता, पर्यटन गन्तव्यहरुमा ट्रेड भिजनले निम्नका लक्षित बजारका लागि तयार पारिएको विशेष प्रिमियम वाइन आपूर्ति गरेर यो खाडललाई पूरा गर्ने लक्ष्य राखेको छ।

नेपालको आतिथ्य क्षेत्रमा वाइन मापदण्ड बढाएर यो पहलले ग्राहक अनुभव सुधार र पर्यटन मूल्य वृद्धि दुवैलाई समर्थन गर्ने विश्वास लिइएको छ ।

श्याम बाबा समूहद्वारा प्रवर्द्धित

सांग्रिला डिष्टिलरी नेपालको अग्रणी र विविध व्यावसायिक समूहहरुमध्ये एउटा श्याम बाबा समूहको छातामुनि सञ्चालन भइरहेको छ । यसको बलियो वित्तीय जग, सञ्चालन उत्कृष्टता र बहुउद्योग उपस्थितिले दिगो विकासका लागि ठोस मेरुदण्ड प्रदान गरेको छ ।

ट्रेड भिजन पार्टनर्सले पहिले श्याम बाबा समूहका संस्थाहरुसँग सफलतापूर्वक सहकार्य गरेको छ । सांग्रिला डिष्टिलरीसँगको यो नयाँ साझेदारीले दीर्घकालीन वृद्धि र बजार विस्तारका लागि साझा प्रतिबद्धता झल्काउँदै त्यो सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।

उत्पादन क्षमता, वितरण विशेषज्ञता र बजार बुद्धिमत्तालाई संयोजन गरेर ट्रेड भिजन पार्टनर्स र सांग्रिला डिष्टिलरीले पेयपदार्थहरुको व्यापार मात्र गर्ने नभएर तिनीहरुले वृद्धि, गुणस्तर र विश्वव्यापी एकीकरणलाई समर्थन गर्ने सीमापार पारिस्थितिक प्रणाली निर्माण गरिरहेका छन् । साथै, दुई कम्पनीले नेपाल र विश्वबीच प्रिमियम पेयपदार्थ वितरणलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

प्रोटोनको रियर ह्विल ड्राइभ ईभी ल्याउँदै जगदम्बा मोटर्स

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

नेप्सेमा कालंगा हाइड्रोको शेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कालंगा हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img