Tuesday, August 25, 2026
spot_img
spot_img

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

spot_img

सरकारले साउन ९ गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सौर्य एयरलायन्सको जहाज दुर्घटना भएपछिको दुखद घडीमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग पनि गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगको सदस्यहरुमा वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल रहेका छन् ।

यस आयोगले दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनको लागि सुझाव सहित ४५ दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने छ । सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ छ भने जहाजका क्याप्टेन घाइते भएका छन्।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img