Sunday, August 16, 2026
spot_img

ओम मेगाश्रीका उत्पादन बजारमा आएको दुइ वर्ष पूरा, कम्पनीले जनायो यस्तो प्रतिवद्धता

spot_img

‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मन्त्रका साथ स्थापित ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले आफ्ना उत्पादन बजारमा ल्याएको दुइ वर्ष पूरा भएको छ । बजार प्रवेश गरेको दोस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाली औषधि उद्योगलाई गुणस्तर, पहुँच र विश्वासको नयाँ उचाइमा पुऱ्याउने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ ।

कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जीएमपी मार्गदर्शन र उच्च गुणस्तरीय उत्पादन प्रणालीलाई आफ्नो मूल आधार मानेर सुरक्षित, प्रभावकारी र सुलभ औषधि उत्पादनको प्रतिवद्धता दोहोर्याउँदै जनस्वास्थ्यमा भरोसा, उद्योगमा आत्मनिर्भरता र नेपाल निर्मित औषधिको प्रतिष्ठा निर्माणलाई केन्द्रमा राखेर काम गरिरहेको समेत उल्लेख गरेका छन् । उनले आगामी दिनमा उत्पादन, गुणस्तर प्रत्याभूति, बजार विस्तार र संस्थागत क्षमतामा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

ओम मेगा श्री फर्मास्युटिकल्स सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशन गरिसकेको कम्पनी हो । धितोपत्र बजारमा सूचीकृत रही ६० करोड रुपैयाँ चुक्ता पुँजीसहित चलिरहेको यस कम्पनीले लगानीकर्ताको विश्वास आर्जन गर्दै राष्ट्रका लागि आत्मनिर्भर औषधि उत्पादकको रुपमा अघि बढ्ने प्रण गरेको छ ।

कम्पनीले सेयरधनी, ग्राहक, चिकित्सक, वितरक, स्वास्थ्यकर्मी, नियामक निकाय, बैङ्क तथा वित्तीय साझेदार सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।

यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ । कम्पनीको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कारखानाबाट विभिन्न प्रकारका औषधिहरु उत्पादन हुँदै आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...

नाफामा गयो स्वस्तिक लघुवित्त, ईपीएस २८.४३ रुपैयाँ

स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

‘अहिलेको कानून संशोधन नगरी निजी क्षेत्रलाई विद्युत ब्यापारको लाइसेन्स दिन सम्भव’

ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय...

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३...

निर्वाचन क्षेत्र पुगे अर्थमन्त्री वाग्ले, स्थानीयले सोधे ‘गोरखकाली उद्योग कहिले चल्छ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १...

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...
spot_img