Friday, May 1, 2026
spot_img
spot_img

रिलायन्सको कारोबार ३ सयमा खोल्दा लगानीकर्तादेखि ब्रोकर, नेप्से, सेबोनसम्मलाई घाटा

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले वर्षौंदेखिको अभ्यास विपरित रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको ओपनिङ रेन्ज तोकेपछि शेयरबजार तरंगित बनेको छ । नेप्सेले यी दुबै कम्पनीको कारोबारको लागि अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज तोकेको हो ।

अब सूचीकृत हुन आउने कम्पनीको हकमा पनि यहि नियम अर्थात् नेटवर्थ पोजेटिभ भएमा अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले जनाएको छ। नेथ वर्थ नेगेटिभ भएमा भने नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज प्रदान गरिने नेप्सेले उल्लेख गरेको छ ।

सालपाको आईपीओ अंकित मूल्यमै आएकोले यसमा लगानीकर्ताको खासै आपत्ति देखिँदैन । तर, रिलायन्स स्पिनिङ मिल्सले भने बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको हो, जसमा सर्वसाधारणले प्रति कित्ता ८२०.८० रुपैयाँ तिरेका थिए। ८२०.८० रुपैयाँ तिरेर खरिद गरेको आईपीओ पहिलो दिन बिक्री गर्नु पर्दा भने ३०० रुपैयाँमा अर्थात् घाटामा बिक्री गर्नु पर्ने अवस्था आयो ।

पहिला के थियो नियम ?

आईपीओ जारी भएपछि पहिलो कारोबारको लागि मूल्य तोक्ने अख्तियारी नेप्सेसँग हुन्छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को नियम १२ को उपनियम ५ मा ‘धितोपत्रको सूचीकरण पश्चात हुने पहिलो कारोबारको लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय–समयमा तोक्न सक्नेछ’ भनिएको छ ।

यसको लागि नेप्सेले २०६८ सालमा नै निर्णय गरेको थियो । नेप्से उच्च स्रोतका अनुसार २०६८ सालमा निर्णय हुँदा अंकित मूल्यको ३ गुणासम्म वा प्रति शेयर नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्न सकिने भनि निर्णय गरिएको थियो । अंकित मूल्य र नेट वर्थमध्ये कुनलाई आधार मानेर ओपनिङ रेन्ज दिने भन्ने निर्णय गर्ने अधिकार नेप्सेको प्रमुख कार्यकारी अधिकृतलाई हुन्थ्यो । यसै अनुसार नेप्सेका त्यसबेलाका सीइओहरुले नेटवर्थको आधारमा ओपनिङ रेन्ज दिने गरेको नेप्से उच्च स्रोत बताउँछ।

अहिले पनि संचालक समितिले ओपनिङ रेन्ज सम्बन्धमा २०६८ सालकै निर्णय अनुसार अघि बढ्ने भनेर सहमति गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले संचालक समितिबाट कुनै पनि नयाँ निर्णय भएको भने होइन। २०६८ साल कै निर्णय अनुसार अहिले नेटवर्थको आधारमा ओपनिङ रेन्ज दिन सक्ने अवस्था रहेपनि विवादमा परिन सक्ने भएकोले अंकित मूल्यको ३ गुणासम्म भनेर ओपनिङ रेन्ज तोकिएको स्रोतको भनाई छ ।

३०० मा कारोबार खोल्दा सबैलाई घाटा 

नेप्सेले ३०० मा कारोबार खुलाउँदा लगानीकर्तादेखि ब्रोकर, नेप्से, धितोपत्र बोर्ड र नेपाल सरकारसम्मलाई घाटा हुने देखिएको छ । यदि पहिलो कारोबारको लागि रिलायन्सको प्रति शेयर नेटवर्थलाई आधार मानिन्थ्यो भने यसको पहिलो कारोबारको लागि  ७६४.४९ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकिन सक्ने थियो, किनभने कम्पनीको २०८२÷०८३ को असोज मसान्तमा प्रति शेयर नेटवर्थ २५४.८३ रुपैयाँ थियो । यदि नेटवर्थलाई आधार मानेर रेन्ज तोकिएको भए कम्पनीको शेयर मूल्य छिटो (कम कारोबार दिनमा) ८२०.८० रुपैयाँसम्म पुग्न सक्थ्यो । यसो हुँदा लगानीकर्ताले नाफामा पुगेर शेयर बिक्री गर्नको लागि कम समय कुर्नुपर्ने हुन सक्थ्यो । तर अंकित मूल्यको आधारमा कारोबार खुलाउँदा लगानीकर्ताले सावाँमा शेयर बिक्री गर्नको लागि धेरै समय कुर्नु पर्ने अवस्था बनेको छ भने अहिले नै शेयर बिक्री गर्दा घाटामा शेयर बेच्नु पर्ने अवस्था छ । यसबाट लगानीकर्तालाई प्रत्यक्ष घाटा हुने नै भयो । लगानीकर्ताले घाटामा शेयर बिक्री गर्दा पुँजीगत लाभकर तिर्नु पर्दैन र लाभकरबाट हुने आम्दानीबाट सरकार बन्चित हुनुपर्ने देखिन्छ ।

३०० मा कारोबार खुलाउँदा ब्रोकरको आम्दानीमा असर पर्छ । यदि कोहि लगानीकर्ताले ३०० मा १० कित्ता शेयर बिक्री गरे भने ब्रोकरले १०.८० रुपैयाँ कमिशन वापत प्राप्त गर्दछ । यदि कारोबार ७६४.४९ मा खुलेको भए लगानीकर्ताले ७६४.४९ रुपैयाँमा १० कित्ता शेयर बिक्री गर्दा ब्रोकरले २७.५२ रुपैयाँ कमिशन प्राप्त गर्ने थिए । जुन आम्दानी ३०० मा शेयर बिक्री गर्दाको तुलनामा १५४ प्रतिशतभन्दा बढी हो । शेयर खरिद गर्दा र बिक्री गर्दा पनि ब्रोकरले कमिशन प्राप्त गर्ने गर्दछन्, कम मूल्यको शेयर कारोबारमा कमिशन थोरै हुने भएकोले ब्रोकरको आम्दानी घटेर ब्रोकरलाई पनि घाटा हुने देखिन्छ ।

ब्रोकरले आफ्नो कमिशनको आम्दानीबाट केही प्रतिशत रकम नेप्से र धितोपत्र बोर्डलाई बुझाउनु पर्छ । ब्रोकरको कमिशन वापतको आम्दानी घट्दा त्यसको सोझो असर नेप्से र धितोपत्र बोर्डको आम्दानीमा समेत पर्ने देखिन्छ । शेयरधनीले ३ सय रुपैयाँमा १० कित्ता शेयर बिक्री गर्दा नेप्सेले २.१६ रुपैयाँ पाउँछ भने सोहि १० कित्ता शेयर ७६४.४९ रुपैयाँमा बिक्री गर्दा नेप्सेले ५.५० रुपैयाँ पाउने थियो । जुन आम्दानी ३०० मा शेयर बिक्री गर्दाको तुलनामा १५४.६३ प्रतिशत बढी हो । यसैबाट नेप्सेलाई हुने घाटा प्रष्ट देखिन्छ ।

त्यस्तै कसैले ३०० मा १० कित्ता शेयर बिक्री गर्दा धितोपत्र बोर्डले ०.०६ रुपैयाँ पाउने थियो भने सोहि १० कित्ता शेयर ७६४.४९ मा बिक्री गर्दा धितोपत्र बोर्डले ०.१७ रुपैयाँ पाउने थियो । जुन आम्दानी ३०० मा शेयर बिक्री गर्दाको तुलनामा १८३.३३ प्रतिशत बढी हो । यसैबाट धितोपत्र बोर्डलाई हुने घाटा प्रष्ट देखिन्छ ।
यसरी कम मूल्यमा कारोबार खुलाउदा लगानीकर्तादेखि ब्रोकर, नेप्से, धितोपत्र बोर्ड र नेपाल सरकारको आम्दानीमा समेत असर पर्ने देखिएको छ ।

कम्पनीको आपत्ति 

कम्पनीको कारोबारको लागि नेप्सेले तोकेको ओपनिङ रेन्जबारे कम्पनीले पनि आपत्ति जनाएको छ । अंकित मूल्यको ३ गुणासम्मको सीमा यसअघि अन्य कम्पनीहरूको सूचीकरणका क्रममा अवलम्बन गरिएका आधार र अभ्याससमेत विपरीत रहेको भन्दै कम्पनीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।  बुक विल्डिङ आधुनिक विधि भएकाले यसमार्फत निष्काशित शेयरको सूचीकरण सम्बन्धमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने नियामक निकायको जिम्मेवारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले बुक बिल्डिङ विधि सामान्य विधिभन्दा फरक रहेको हुँदा शेयर सूचीकरणको प्रारम्भिक मूल्य निर्धारणको आधारसमेत फरक हुनुपर्ने ध्यानाकर्षण गराएको थियो । अन्ततः सोको सुनुवाइ नभएपछि बाध्य भएर शेयर सूचीकरण गरिएको पनि कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...
spot_img