Monday, May 4, 2026
spot_img
spot_img

आईपीओको ओपेनिङ रेन्ज दिने नियम परिवर्तन, नेटवर्थको साटो अब फेस भ्यालु हेरिने

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आईपीओ निष्काशनपछि कम्पनीहरु सूचीकरण हुन आउँदा पहिलो कारोबारको लागि दिने ओपनिङ रेन्ज सम्बन्धि व्यवस्था परिवर्तन गरेको छ । माघ अन्त्यमा बसेको नेप्सेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।

यस अघि आईपीओको लागि ओपनिङ रेन्ज दिँदा कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज प्रदान गर्ने गरिएको थियो । अब भने नेप्सेले नियम परिवर्तन गरेको हो।

परिवर्तित नियम अनुसार नेटवर्थ पोजेटिभ भएका कम्पनीको हकमा नेटवर्थ जति सुकै भएपनि कम्पनीको शेयरको अंकित मूल्यको ३ गुणासम्मको ओपनिङ रेन्ज दिईने छ। अर्थात् पोजेटिभ नेटवर्थ भएका कम्पनीको हकमा शेयरको अंकित मूल्य १०० रुपैयाँ भएमा सो कम्पनीले ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने छ। १०० रुपैयाँ अंकित मूल्य भएका कम्पनीको नेटवर्थ १०० वा सो भन्दा माथि भए कम्पनीले ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने छन् । नेटवर्थ १०० वा ५०० वा जति सुकै भएपनि ओपनिङ रेन्ज ३ सय रुपैयाँसम्म नै हुने छ।

सोहि अनुसार आज शुक्रबार नेप्सेमा सूचीकृत भएका रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकले पहिलो कारोबारओ लागि १०० देखि ३०० रुपैयाँसम्मको सुरुवाती रेन्ज पाएका छन् ।

यदि नेप्सेमा सूचीकृत हुन आउने कम्पनीको नेटवर्थ शेयरको अंकित मूल्य भन्दा कम भएमा भने नेटवर्थको ३ गुणासम्मको रेन्ज पाउने छन् । अर्थात् यदि कुनै कम्पनीको शेयरको अंकित मूल्य १०० रुपैयाँ छ तर नेटवर्थ ९० रुपैयाँ छ भने त्यस्ता कम्पनीले ९० रुपैयाँको ३ गुणा अर्थात् २७० रुपैयाँसम्मको रेन्ज पाउने छन् ।

यस अघि जुनसुकै कम्पनीलाई नेटवर्थको ३ गुणासम्मको रेन्ज दिने व्यवस्था रहेकोमा अब भने पोजेटिभ नेटवर्थ भएकाको हकमा  अंकित मूल्यको ३ गुणासम्म र नेगेटिभ नेटवर्थ भएकाको हकमा नेटवर्थको ३ गुणासम्मको रेन्ज प्रदान हुने भएको हो । ओपनिङ रेन्ज नेप्सेले समय समयमा तोक्न सक्ने विनियमावलीको व्यवस्था अनुरुप नेप्सेले ओपनिङ रेन्जबारे नयाँ निर्णय गरेको हो ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लगानीकर्ताको आवाजलाई महासंघमार्फत नीति निर्माताको तहमा पुर्याउन खोज्दै सागर ढकाल

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...
spot_img