स्वास्थ्य बीमाको समस्या समाधान नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी छिन् ।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सरोकार पक्षसँग छलफल आह्वान गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बीमा बापतको रकम नपाएपछि सेवा नै बन्द गर्ने सम्मको अवस्था आएपछि प्रधानमन्त्रीले बैठक बोलाएकी हुन् ।
देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले नदिएको भन्दै सेवा नै बन्द गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरका स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भूक्तानी गर्न बाँकी छ ।













