Thursday, March 12, 2026

४७५ करोडको लगानीमा देउराली–जनता फर्मास्यूटिकल्सले नयाँ कारखाना बनाउने

spot_img
spot_img

देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले नयाँ कारखाना निर्माणको घोषणा गरेको छ। कम्पनीले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी दिएको हो।

कम्पनीका अनुसार आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरिएको हो । यो प्रस्तावित नयाँ कारखानामा थप ४७५ करोड लगानी हुने र यो आयोजनालाई २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सृजना हुनेछ ।

कम्पनीले विगत ३५ वर्षदेखि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको छ । कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने आफ्नो उदेश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सयौं औषधिहरु नेपालमा पहिलो पटक विकास र उत्पादन गरि सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको उल्लेख गरेको छ ।

कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरु र विभिन्न दिर्घ रोगहरुको उपचारमा आवश्यक पर्ने Capsule, Tablet, Liquid, Ointment, Dry Powder लगायतका २९६ प्रकारका जीवन रक्षक औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरुको गुणवत्ता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न कारखाना निर्माण गरि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीयता भएका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेको छ ।

कम्पनीका अनुसार देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि (International Technology) आयात गर्ने पहिलो र एकमात्र उद्योगको रूपमा स्थापित भई कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया (cGMP) एवम् वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने ISO-9001; ISO-14001 का प्रमाणीकरणहरू र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रियस्तरको कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिने WHO-GMP  को प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनी हो  ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वस्तिक एग्रो इण्डष्ट्रिजको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउदै हिमालयन लाइफ

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई...

धनुषा १ मा नयाँ ट्वीस्ट, बढ्न सक्छ रास्वपाको १ सिट

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र बिक्री गरिने, मूल्य कति ?

अब आयल निगमले आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने...

नाडामा नेतृत्व हस्तान्तरण, नवनिर्वाचित अध्यक्ष उप्रेतीले लिए सपथ

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको...

ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ सेवा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि...
spot_img