प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको आज माघ २० गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो। उनको कार्यकाल आज माघ २० गतेबाट नै सुरु भएको छ।
बैंकिंग क्षेत्रमा उनको २६ वर्षको अनुभव रहेको छ। यस अघि उनी तत्कालिन सनराइज बैंकको सीइओ थिए। सो अघि भने माछापुच्छ्रे बैंकको सीइओ, ग्लोबल आईएमई बैंकको डेपुटी सीइओ थिए। उनले एनएमबि बैंक र नेपाल एसबिआई बैंकमा पनि काम गरेका थिए। पछिल्लो समय उनी अध्यापन पेशामा संलग्न थिए।
बैंकको सीईओबाट अशोक शेरचनले राजीनामा दिएपछि बैंकले शर्मालाई सीइओ नियुक्त गरेको हो ।













