Saturday, August 15, 2026
spot_img

रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड, लगानीकर्ताले ६०० कित्तासम्म शेयर पाए

spot_img

रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले पहिलो चरणमा पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको थियो, सोहि आईपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले आयोजना प्रभावित गोरखा तथा लमजुङका स्थानीयलाई पुस २८ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यस निष्काशनमा ४ हजार ६९ जनाको आवेदन परेको थियो। जस मध्ये ४ हजार ४३ जनाको मात्र आवेदन योग्य भएको छ। सबै आवेदकले शेयर पाएका छन् ।  १० कित्तादेखि ५५० कित्ता शेयर माग गरेर आवेदन दिनेले मागे जति शेयर पाएका छन्  । ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५९० कित्ता शेयर पाएका छन् । ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ, जुन ५५३ जनाले पाएका छन् । यस हिसाबमा स्थानीय तर्फ लगानीकर्ताले अधिकतम ६०० कित्तासम्म शेयर पाएका छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो।  यस निष्काशनमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएका थिए। जस मध्ये ७० हजार ७ सय ७८ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा  १४ हजार २ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

दुवै समूहको आईपीओ नतिजा केही समयपछि प्रकाशन हुने छ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएसंगै अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img