आज आइतबार पनि सुनको भाउ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६० हजार ४ सय ६० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको भाउ पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।
आज चाँदीको भाउ पनि तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ५ सय ५५ रुपैयाँ ५० पैसा तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।













